करिब ६ घण्टा पछि इटहरीमा भएको आगलागी नियन्त्रणमा

काठमाडौँ । सुनसरीको इटहरी चोकमा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

करिब ६ घण्टापछि इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले उक्त आगलागीमा कुनै पनि मानवीय क्षति नभएको मकालुखबरलाई जानकारी दिए ।

उनले आगलागीबाट ‘के कति क्षति भयो ?’ भन्नेबारे विवरण नआइसकेको बताए ।

उक्त आगलागीबाट ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरू मध्ये ८ पुरुष र ३ महिला रहेका छन् ।

बुधवार बिहान साढे ९ बजेदेखि सेन्ट्रल प्लाजाको चौथो तलामा आगलागी भएको थियो ।

आगोलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

सेन्ट्रल प्लाजाबाट उद्धार गरिएकामध्ये एक महिला सामान्य घाइते भएकी थिइन् ।

उनी सामान्य उपचारपछि अस्पतालबाट घर फर्किसकिन् । उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी पनि सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनले नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएको जानकारी दिए ।

यि हुन् उद्धार गरिएका व्यक्तिहरूको नामावली :

  • भोजपुर आमचोक बस्ने वर्ष २३ कि मेरिका राई ।
  • कैलाली बस्ने वर्ष २६ कि लक्ष्मी श्रेष्ठ ।
  • सुनसरी बराहक्षेत्र ५ बस्ने वर्ष २६ को विजय धामी ।
  • काभ्रेका विष्णु तामाङ (उमेर खुल्न बाँकी)
  • बंगलादेशका नागरिकD JAY (उमेर खुल्न बाँकी)
  • धनुषा कमला ९ बस्ने वर्ष ४४ को संजय जैसवाल ।
  • मोरङ विराटनगर १५ बस्ने वर्ष २४ कि दिया राय ।
  • मोरङ विराटनगर १५ बस्ने वर्ष २८ को विशाल सिंह ।
  • सुनसरी रामधुनि ७ बस्ने वर्ष २४ को आशिष चौधरी ।
    अन्य २ जनाको खुल्न पहिचान खुल्न बाँकी छ । 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *