विपक्षीलाई ओलीले भने – यति हल्का र यति उत्ताउलो नहुनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुलाई हल्का र उत्ताउलो नहुन आग्रह गरेका छन् । बुधबार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

विपक्षीहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने,“यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।”

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गर्दै यसबारे प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट गरे ।

“प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो । सक्कियो । त्यही हो जवाफ । उनीहरुलाई सहयोग हुने उनीहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन्,”ओलीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *