प्रतिपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित

२०८१ चैत १३ गते

काठमाडौं । कुलमान घिसिङको विषयलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।
बुधबारका लागि बोलाइएको बैठक प्रतिपक्षी सांसदहरुले अवरोध सिर्जना गरेपछि भोलि बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बताए ।
उनका अनुसार राष्ट्रिय सभा बैठक बिहीबार अपराह्न १२:१५ मा बस्नेछ । यसअघि प्रतिनिधि सभा बैठक पनि बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

२०८१ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित