एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२५’, ४ हजार भन्दा बढी युवा लाभान्वित

काठमाडौँ । एनआईसी एशिया बैंकले देशभरका हजारौं विद्यार्थी तथा युवाहरूमाझ सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२५’ कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ बैंकले यस अवसरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२५’ मा बैंकका सातै प्रदेशका विभिन्न शाखाहरूले विद्यार्थी तथा युवाहरूलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराएका थिए ।

सातै प्रदेशका विभिन्न शाखाहरूले यस अभियान अन्तर्गत हप्ताभरिमा सञ्चालन गरेका ८० भन्दा धेरै कार्यक्रमहरूबाट मुलुकभरका ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन् ।

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता जिल्लाका बैंक शाखाहरूले पनि यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *