चार महिना जागिर खाएर थप पाँच अर्ब घोटाला नगरुन् भनेर कुलमानलाई हटायौँ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रष्टीकरण दिएका छन् ।

बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घिसिङको कार्यकाल सकिन चार/महिना मात्रै बाँकी रहेकामा सो अवधिमा थप चार पाँच अर्ब घोटाला नगरुन् भने सरकारले पदबाट हटाएको बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“संसदमा के के न इस्यु पाए भनेर प्रचण्डको नेतृत्वमा विपक्षी दलले संसद अवरोध गर्दै प्रश्न गरेछन् कुलमानलाई किन हटाएको ? उत्तर स्पष्ट छ थप चार महिना जागिर खाएर थप चार/पाँच अर्ब घोटाला नगरुन् भनेर ।”

नेता बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई नौंटंकी गरेर राजनीतिक उचाई(पोलिटिकल हाइट) बनाउने लाइन छोड्न सुझाव समेत दिए ।

वि.सं.२०७८ साउन २५ मा दोस्रो पटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको चार वर्षे कार्यकाल आगामी साउन २४ मा सकिँदै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *