प्रचण्डले रास्वपालाई सोधे गणतन्त्रप्रतिको धारणा, रास्वपाले दियो यस्तो जवाफ


काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई गणतन्त्रप्रतिको धारणा मागेका छन् ।
बुधबार बसेको विपक्षी दलको बैठकमा प्रचण्डले रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद (डीपि) अर्याललाई गणतन्त्रबारे सोधेका हुन् ।
जवाफमा कार्यवाहक सभापति अर्यालले २०८० मंसिर ११, १२, १३ गते महोत्तरीको जलेश्वरमा बसेको बैठकले नै यसबारे प्रष्ट पारिसकेको बताए ।
जलेश्वर बैठकले पारित गरेको पार्टीको राजनीतिक प्रस्तावनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको किटान गरेको छ।
रास्वपाबाट कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद), उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
