दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ : भानुभक्त जोशी

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष भानुभक्त जोशीले राजनीतिक दलहरूले जनतालाई नारा नभइ कार्यक्रम दिनुपर्ने धारणा राखेका छन् ।

पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको सन्दर्भमा प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,“युवा दिनानुदिन विदेशिएका छन् । देशमै रोजगारी कसरी उपलब्ध गराउन सकिन्छ, युवा पलायनलाई कसरी रोक्न सकिन्छ भन्नेमा सबै राजनीतिक दलले ध्यान दिन आवश्यक छ ।”

पूर्वमन्त्रीसमेत रहेका जोशीले भने,“विकास निर्माण, बाटोघाटो, सडक, खानेपानी, पुलपुलेसा, सञ्चारलगायत विषयमा प्रगति भएको छ तर पनि जनतामा बेरोजगारी, सुशासनलगायत विषय निराशाजनक छ । सबै दल मिलेर यसको समाधानतर्फ लाग्नुपर्छ ।”

सत्ता र प्रतिपक्षको बीचमा समन्वय गरेर युवामा आएको निराशा चिर्न देशव्यापी रूपमा लाग्नुपर्ने बेला आएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते धनगढीमा हुने जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *