सेवासुविधा माग्न सर्वोच्च पुगे हितेन्द्रदेव

काठमडौं । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य सेवा सुविधा माग गर्दै सर्वोच्च पुगेका छन् । उनले बुधबार पेश गरेको आफ्नो रिटमा अघिल्लो रिक्त कार्यकालको सेवासुविधा माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै तत्कालीन सरकारले शाक्यलाई २०७७ माघ २७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । पछि प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि उनको ठाउँमा कुलमान घिसिङको नियुक्ति गरिएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर फेरी हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि कुलमान पनि पुनस्थापनाको माग सहित आज सर्वोच्च पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *