शुद्धीकरण अभियान आमरण अनसनमा, स्काउट ‘प्राइभेट लिमिटेड’ बन्दा समेत मन्त्री हेरेको हेर्यै [भिडिओ]

![शुद्धीकरण अभियान आमरण अनसनमा, स्काउट ‘प्राइभेट लिमिटेड’ बन्दा समेत मन्त्री हेरेको हेर्यै [भिडिओ]](https://www.makalukhabar.com/wp-content/uploads/2025/03/Nepal-scout-mk.jpg)
काठमाडौं । नेपाल स्काउटभित्र देखिएको अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधि विरुद्ध गठन भएको शुद्धीकरण अभियान आज(बुधबार) देखि स्काउट प्राङ्गणमै आमरण अनसनमा बसेको छ ।
स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि छानविनसम्म नभएपछि गत चैत्र १ गेतेदेखि रिले अनसनमा बस्दै आएको शुद्धीकरण अभियान आजदेखि आमरण अनसनमा बसेको हो ।
नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीले आर्थिक अनियमिततादेखि यौन दुर्व्यवहारसम्मका गम्भीर आरोपहरु निर्देशक भट्टराईमाथि लाग्दा समेत हालसम्म छानविन नहुनु दुखद् विषय भएको बताए ।
नेपाल स्काउटको तालुक मन्त्रालल युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसमक्ष ज्ञापनपत्र बुझाउँदा समेत हालसम्म निर्देशक भट्टराईमाथि छानविन हुन नसकेको संयोजक अधिकारीले बताए ।
शुद्धीकरण अभियान बुधबारदेखि स्काउट प्राङ्गणमै आमरण अनसन बस्ने
‘निर्देशक राम प्रसाद भट्टराईमाथि आर्थिक अनियमिततादेखि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । नेपाल स्काउट एउटा संस्था हो,तर निर्देशकले प्राइभेट लिमिटेड जस्तो बनाउनुभएको छ । त्यसकारण नेपाल स्काउट बनाउने हेतुले हामी आन्दोलनमा होमिएका हौँ,’नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक अधिकारीले भने ।
उनले मन्त्री चौधरीको भूमिका माथै नै प्रश्न गरे । यस विषयमा खेलकुद मन्त्री चौधरीले कुनै चासो नदिएर लापरबाही गरिरहेको समेत उनले बताए ।
यस्तै स्काउटर आशिक कार्कीले कुनै पनि बहानामा आफुहरु पछि नहट्ने बताउँदै आफ्ना मागहरु पुरा गर्नुको विकल्प नरहेको बताए । माग सम्बोधनपछि मात्रै आन्दोलन स्थगित हुने समेत उनले बताए ।
