इमाडोलमा मध्यरात खुकुरी प्रहार गरी युवकको हत्या

२०८१ चैत १४ गते

काठमाडौं । ललितपुरको इमाडोलस्थित ओचुहाइटमा एक युवकको हत्या भएको छ । रामेछाप स्थायी घर भई महालक्ष्मी नगरपालिका-४ ओचुहाइटमा बस्दै आएका ३० वर्षीय रिपक खातीको गएराति खुकुरी प्रहार गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीका अनुसार हत्या आरोपमा रामेछापकै २५ वर्षीय सुमन रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । राति करिब पौने १ बजे आपसी विवाद हुँदा रसाइलीले खुकुरी प्रहार गरेका थिए ।
प्रहरीका अनुसार मृतकको घाँटीको दुवै भाग र गालामा गहिरो चोट देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित