फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *