एमाले त्यागेर माओवादी प्रवेश गरिन् एमाले जिल्ला कमिटी सदस्य घले

काठमाडौं । नेकपा एमाले रसुवा जिल्ला कमिटी सदस्य कामीजेमु घले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार विशेष कार्यक्रमबीच उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

घलेको पार्टी प्रवेशलाई माओवादी केन्द्रले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । रसुवा जिल्लामा लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहँदै आएका घले एमालेमा राम्रै प्रभाव राख्ने नेता मध्येका एक थिइन् ।

उनले माओवादी केन्द्रको विचारधारा, पार्टी नीति तथा नेतृत्वप्रति विश्वास राखेर आफू नयाँ पार्टी रोजेका बताइन् । ‘हिजोको आवश्यकता एमाले थियो, आजको आवश्यकता माओवादी केन्द्र हो,’ उनले भनिन्, ‘पार्टीले लिएका नीति तथा कार्यक्रमले जनताको आवश्यकता पूरा गर्ने विश्वासका साथ मैले यो निर्णय गरेको हुँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *