सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता

२०८१ चैत १४ गते

काठमाडौं । कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै कुलमानले रिट निवेदन पेस गरेका थिए ।
मन्त्रीपरिषद् बैठकले काम गर्न नसकेको भन्दै कुलमानलाई पदबाट हटाएको थियो । तर कुलमानले सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग सहित अदालत गएका हुन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दीपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।
सर्वोच्च अदालतले शुक्रवारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने जनाएको छ ।

२०८१ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित