१०/१५ हजारको जुलुस निस्किँदैमा केही हुँदैन : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा भइरहेका आन्दोलनलाई सामान्य भनेका छन् ।
उनले काठमाडौंमा १०/१५ हजारका जुलुस निस्किएको निस्किएकै गरेको भन्दै त्यसलाई सामान्य भनेका हुन् ।
उनले भोली काठमाडौंमा के–के न हुने भनेर त्रास फैलाइएको बताए । उनले भोली काठमाडौं केही पनि नहुने बताए ।
‘१० १५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’
प्रधानमन्त्री ओलीले काठमाडौंमा यस्ता सभा सधैँ हुने गरेको भन्दै उनले वास्ता नगर्न पनि आग्रह गरे ।
‘यो सभा सधैँ हुने गरेकै छ, भोलि पनि हुने त्यति नै हो । यहाँ एउटा टेरर, त्रास छ । के–के न हुन्छ भनेर । त्यस्तो केही होइन । यस्ता कुराबाट वास्ता नगरेर हाम्रो विकासका काममा अघि बढ्नुपर्छ,’ उनले भने ।
