कुलमानलाई हटाइएको विरोधमा राप्रपाको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुलमान घिसिङको समर्थनमा आन्दोलन गरेको छ ।

बिहीबार काठमाडौँस्थित माइतीघर मण्डलामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै विरोधस्वरुप उक्त प्रदर्शन गरिएको हो ।

उनी पदबाट बर्खास्त भएसँगै हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनले गत मंगलबार नै पदबहाली गरिसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *