शुद्धीकरण अभियानको आमरण अनसन दोस्रो दिन पनि जारी : खेलकुदमन्त्रीको पुत्ला बनाइयो

पुत्ला बनाइएपछि खेलकुदमन्त्रीका सहयोगीले हप्काए

काठमाडौं । नेपाल स्काउटभित्र देखिएको अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधि विरुद्ध गठन भएको शुद्धीकरण अभियानको आमरण अनसन जारी छ । बुधबारदेखि स्काउट प्राङ्गणमै शुद्धीकरण अभियानले आमरण अनसन थालेको छ ।

स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि गम्भीर आरोपहरु लाग्दा समेत छानविनसम्म नभएपछि गत चैत्र १ गेतेदेखि रिले अनसनमा बस्दै आएको शुद्धीकरण अभियान बुधबारदेखि आमरण अनसनमा बसेको हो ।

शुद्धीकरण अभियान आमरण अनसनमा, स्काउट ‘प्राइभेट लिमिटेड’ बन्दा समेत मन्त्री हेरेको हेर्‍यै [भिडिओ]

निर्देशक भट्टराईमाथि आर्थिक अनियमिततादेखि यौन दुर्व्यवहारसम्मका गम्भीर आरोपहरु लाग्दा समेत युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले छानविनका लागि तदारुकता नदेखाएपछि आज (बिहीबार) मन्त्री चौधरीको पुत्ला बनाइएको शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीले बताए । शुद्धीकरण अभियानले खेलकुदमन्त्री चोधरीको राजीनामा समेत माग गरेको छ ।

मन्त्री चौधरीको पुत्ला बनाइएको थाहा पाएपछि उनका सहयोगी (पीए) ले अनसनरत स्काउटरलाई हप्काएका छन् । किन मन्त्रीको पुत्ला बनाएको भन्दै हप्काएको स्काउटरहरुले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *