राजावादी आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

२०८१ चैत १४ गते

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा दुर्गा प्रसाईं कमाण्डर बनेका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले उक्त जानकारी दिएका हुन् ।
उनले मेडिकल व्यवसायी प्रसाईंलाई संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दिएको बताए ।
गणतन्त्र पक्षधर र राजावादीहरूले भोलि काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् ।
काठमाडौँ प्रशासनले क्रमशः दुई पक्षलाई भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्न स्थान छुट्याइदिएको छ ।

२०८१ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित