चलचित्र ‘जन्ते बाख्रो’ को फस्टलुक सार्वजनिक, जेठ २३ देखि प्रदर्शनमा आउने

काठमाडौँ । चलचित्र ‘जन्ते बाख्रो’को फस्टलुक सार्वजनिक गरिएको छ ।

बिहीबार अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिकामा रहेको चलचित्र ‘जन्ते बाख्रो’को फस्टलुक सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा आगामी जेठ २३ बाट चलचित्र प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

यस मितिमा हालसम्म अन्य कुनै सिनेमाले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

सार्वजनिक पोस्टरमा हिमालको काखमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरूलाई हेरिरहेका छन् । उनीहरूको बिचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । यस दृश्यले बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोज जन्ते बाख्रोको रुपमा चित्रण गरिएको बुझिन्छ ।

चलचित्रको कथावस्तु यसैको वरिपरि आधारित रहको निर्माण टिमले जनाएको छ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने यस चलचित्रमा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

सिनेमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन ९ट्राइडेन्ट कन्सेप्ट टिम० को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स स्वंयम निर्माण कम्पनी मुईन इन्टरटेनमेन्टले नै राखेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *