प्रधानमन्त्री कप क्रिकेटमा मधेससंग बागमती चार विकेटले पराजित

रूपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।

बागमती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै हासिल गर्‍यो । मधेसका लागि कप्तान अनिलकुमार साहले सर्वाधिक अविजित ७० रन बनाए ।

उनले ५३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । साथै रोहन विश्वकर्माले ३९, हरिशङ्कर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले अविजित २५ रन बनाए ।

बागमती प्रदेशका लागि सूर्य तामाङले दुई विकेट लिए भने रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान एक/एक विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले इशान पाण्डेको शतकीय पारीमा आठ विकेट गुमाउँदै २५९ रन बनाएको थियो ।

बागमतीका लागि इशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाए । उसका लागि रिजन ढकाल र विवेक मगरले समान ३०/३० रन बनाउँदा विपिन आचार्यले २७ रन बनाए ।

मधेसका लागि हरिशङ्कर साह, पवन सर्राफ र अनिल साहले समान दुई/दुई विकेट लिए । प्रतियोगितामा चार जित र पाँच हारसहित आठ अङ्कले सातौँ स्थानमा छ भने चार जित र पाँच हारसहित बाग्मती अङ्कतालिकाको चौथो स्थानमा छ ।

उपाधिका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *