महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ गरेको छ ।

बैंकले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त सेवा शुभारम्भ गरेको हो ।

सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यता र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा
सेवा प्रारम्भ गरेको जनाएको छ ।

ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्ने जनाएको छ ।

बैंकले पनि सदैव ग्राहकहरूको आवश्यकता अनुरूप नवीनतम वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुन कर्जा सेवाले ग्राहकहरूलाई आपत्कालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *