राजावादी प्रदर्शन

पार्टीको नाम,छाप र लेटरप्याडको दुरुपयोग गरी कार्यक्रम स्थगितको भ्रम फैल्याइयो : राप्रपा

काठमाडौं । भोलि (शुक्रबार) राजावादी निकट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गर्दै छ । तर, कार्यक्रम स्थगित हुने भनेर सामाजिक सञ्जालमा भ्रम फैल्याइएपछि राप्रपाले त्यसको खण्डन गरेको छ ।

‘राजसंस्था र हिन्दुराष्ट्रको पुनस्थापना,संघीयताको खारेजी लगायतका विषयमा हुने प्रदर्शन र आन्दोलनका सम्बन्धमा पार्टीको नाम,छाप र प्रवक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याडबनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको छ । यस्ता कार्यहरु निन्दनीय र आपत्तिजनक छन् । राप्रपा उक्त कार्यको खण्डन गर्दछ र कोही भ्रममा नपर्न आग्रह गर्दछ,’राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

सक्रियतापूर्वक सहभागिता जनाउन राप्रपाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *