कुलमानको समर्थनमा टुकी बालेर आन्दोलन (तस्बिरहरू)

काठमाडौँ । कुलमान घिसिङको समर्थनमा टुकी बालेर आन्दोलन गरिएको छ ।

बिहीबार (आज) ललितपुरस्थित लबिङ मल अघि घिसिङको समर्थनमा उक्त आन्दोलन गरिएको हो ।

प्रदर्शनकारीहरूले ‘कुलमान हटाउन पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन्’ भन्दै सरकारको विरोध गरेका देखिन्छन् ।

साथै घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रुपमा पुन: फर्काउनु पर्ने माग गरेका छन् ।

घिसिङ पदबाट बर्खास्त भएसँगै हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

उनले गत मंगलबार नै पदबहाली गरिसकेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *