प्रतिपक्षी दलले मुलुकलाई कानुनहरूबाट भ्याकुममा राख्ने काम गरे : प्रधानमन्त्री

काठमडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरुले जानी जानी मुलुकलाई कानुनहरूबाट भ्याकुममा राख्ने काम गरिएको बताएका छन् ।

बिहीबार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले प्रतिपक्षले अनावश्यक ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर सदन अवरुद्ध पारिएको बताए ।

उनले सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू यही चैत १८ गते भित्र राष्ट्रपतिबाट हस्ताक्षर गर्नुपर्ने भएको कारण कुनै कर्मचारीको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने बताए ।

उनले प्रतिपक्षले सदनमा अवरोध कायमै राखे मुलुक फेरि कानूनविहिनतामा अगाडि बढ्ने उनले बताए । उनले विद्युत् प्राधिकरणको विषयमा गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंसा गरिएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *