ट्रम्प प्रशासनद्वारा स्वास्थ्य विभागका १० हजार पूर्णकालीन कर्मचारी कटौती

२०८१ चैत १५ गते

काठमाडौं । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आफ्नो पुनर्संरचना प्रयासको एक भागको रूपमा करिव १० हजार पूर्णकालीन कर्मचारीहरू कटौती गर्ने भएको छ ।
यसले करदाताहरूलाई प्रतिवर्ष १.८ अर्ब डलर वचत गर्नेछ । जसमा प्रारम्भिक अवकाश र फोर्क इन द रोड समावेश छ । पुनर्संरचनामा ८२ हजारबाट ६२ हजार पूर्णकालीन कर्मचारीहरूको कुल आकार घटाइनेछ ।
संघीय कर्मचारीहरूलाई कटौती गर्ने ट्रम्प प्रशासनको ठूलो कारबाहीले धेरै मुद्दाहरू निम्त्याएको छ । यी कानूनी चुनौतीहरूले कर्मचारी कटौती सम्बन्धी प्रशासनको अधिकार र प्रक्रियामाथि प्रश्न उठाउँछन् ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित