एनसेल एनएसएल : ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

काठमाडौँ । शनिबारदेखि सुरु हुन गइरहेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ । बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सम्झौता गरेका हुन् ।

ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दैछ । यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौसला प्रदान गरेको छ । यस सिजनमा ललितपुर सिटी एफसी बाहेक काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आबद्ध हुन पाएकोमा खुसी छौं,’ एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा पहिला नै आबद्ध भई सकेको छ ।

एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरू र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *