नेपाल एसबिआई बैंकका ग्राहकहरुलाई दुसित थानी हिमालयन रिसोर्ट र होटेल क्रिस्टल पशुपतिमा छुट


काठमाडौं । नेपाल एसबिआई बैंक लि. र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेलबीच छुट सम्बन्धि सझौता भएको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक (सेल्स एण्ड मार्केटिङ) सितु श्रेष्ठबीच आदानप्रदान भएको थियो ।
साथै नेपाल एसबिआई बैंक लि. र होटेल क्रिस्टल पशुपति, काठमाडौंबीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत पंडा र होटेल क्रिस्टल पशुपतिका निर्देशक (सेल्स एण्ड मार्केटिङ) रोशन सुवाल बीच आदानप्रदान भएको थियो ।
सम्झौताहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा बैकको केन्दि«य कार्यालयमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, बैंकका सल्लाहकार, श्री छपि राज पन्त र बैंक तथा होटेलका अन्य उच्च पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
