शुक्रबार सुनको मूल्य १ लाख ७६ हजार नाघ्यो

२०८१ चैत १५ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित