निर्धारित समयमा सुरु भएन संसद्, जवाफ दिन प्रधानमन्त्री ओलीको आनाकानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसदमा जवाफ दिन विपक्षी दलहरूले माग गरिरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार प्रधानमन्त्रीले जवाफ दिन तयार रहेको औपचारिक जानकारी संसदलाई नदिएका हुन् ।

यस विषयमा प्रधानमन्त्रीको धारणा स्पष्ट नआएसम्म संसदको नियमित कामकारबाही अघि बढ्न नदिने अडानसहित विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् । संसद अवरोध खुलाउने प्रयासस्वरूप सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग परामर्श जारी राखेका छन् । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन ।

अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसकी सचेतक शुशिला थिङ तथा विपक्षी दलका तर्फबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरू सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *