भृकुटीमण्डप क्षेत्रमा हुँदै गरेको समाजवादी मोर्चाको प्रदर्शनमा झलनाथ खनाल नजाने

काठमाडौँ । बेथिति एवम् भ्रष्टाचारविरुद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा शुक्रवार (आज) गर्दै गरेको प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् ।

शुक्रवार मोर्चा घटक दलहरूले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्दैछन् । जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएमा एकीकृत समाजवादीको जुलुस मैतीदेवी र शान्ति वाटिकाबाट निसक्दैछ ।

उक्त जुलुस र सभामा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल नजाने मकालुखबरलाई बताउँदै आफूलाई मञ्चमा वक्ताको रूपमा नराखिएकाले जान उपयुक्त नठानेको जानकारी दिए ।

आफू उपस्थित नभएपनि पूर्णरुपमा समर्थन रहेको र घरमै बसेर हेर्ने मनस्थितिमा रहेको उनले बताएउदै आज हुँदै गरेको सभामा चार वटा पार्टीको अध्यक्षहरूमात्रै बोल्ने कार्यसूची रहेछ, दर्शक मात्रै बन्न म जाँदिन, म घरबाटै सभालाई नियाल्छु ।

भृकुटीमण्डप क्षेत्रमा हुँदै गरेको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *