तीनकुनेमा राजावादी समर्थक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)


काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादी समर्थक र प्रहरीबिच धकेलाधकेल भएको छ ।
दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राजावादी प्रदर्शनकारीलाई प्रहरीले तीनकुनेमै रोक्न खोजेपछि उक्त धकेलाधकेल भएको हो ।
प्रदर्शनकारीहरू प्रहरीको बार तोडेर बानेश्वरतर्फ अघि बढ्न खोजेका थिए । त्यसबिच प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडप भएको थियो ।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस प्रहार गरेको छ । साथै निषेधित क्षेत्र तोड्ने प्रदर्शनकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजावादी पक्षको प्रदर्शन नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन् ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
तस्बिरहरु:
