राजावादी प्रदर्शन

तनावग्रस्त तिनकुने : राजावादीको कार्यक्रम विथोलियो, घर तोडफोड

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादी पक्षधरले प्रदर्शन गरेपछि स्थिती तनावग्रस्त बनेको छ ।  राजसंस्था पुनस्थापना माग गर्दै प्रदर्शनरत राजावादीहरुका कारण स्थिति तनावग्रस्त बनेको हो ।

राजावादी समर्थकले प्रदर्शनका क्रममा व्यक्तिका घर समेत तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा राजावादीहरुले तीन जना व्यक्तिका घर तोेडफोड गरेका हुन् ।

यसैबीच दुर्गा प्रसाको नेतृत्वमा रहेको राजावादी प्रदर्शनकारीलाई प्रहरीले तीनकुनेमै रोक्न खोज्दा कार्यक्रम विथोलिएपछि उनी बाहिरिएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रु ग्यास समेत प्रयोग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *