तनावग्रस्त तिनकुने : राजावादीको कार्यक्रम प्रभावित


काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शन प्रभावित बनेको छ ।
राजावादी र प्रहरीबिच झडप हुँदा प्रहरीले अश्रृग्यास प्रहार गरेपछि उक्त प्रदर्शन प्रभावित बनेको हो ।
देशमा गणतन्त्रको स्थापना भइसकेपछि जनताको दैनिकी झनै कष्टकर बन्दै गएको भन्दै राजावादहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले राजसंस्थाको पुन स्थापना गर्नुपर्ने माग गरेका छन् ।
राजावादीहरू पुरानै राज्य फर्काउँछु र नेपालमा हिन्दु अधिराज्य सहितको राजतन्त्र पुन स्थापित गर्छौँ भनेर आन्दोलनमा उत्रिएका छन् ।
राजावादी पक्षको प्रदर्शन नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन् ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
