प्रहरीको अश्रुग्यासपछि भागेका दुर्गा प्रसाई फेरी कार्यक्रमस्थल फर्किए

२०८१ चैत १५ गते

काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावदी पक्षधरले रासजंस्था पुनस्थापनाको माग गर्दै प्रदर्शन गरिरहेको छ । प्रदर्शनका क्रममा प्रहरी र राजावादी समर्थकबीच तनावको स्थिती भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो ।
प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो ।
प्रहरीको हस्तक्षेपपछि कार्यक्रमस्थलबाट बाहिरिएका दुर्गा प्रसाई फेरी कार्यक्रम स्थलमा फकिर्एका छन् । उनले प्रहरी र आफ्ना समर्थृकलाई संयमित हुन आह्वान समेत गरेका छन् । त्यसक्रममा आक्रोशित राजावादीहरुले घरमा समेत तोडफोड गरेका थिए ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित