स्काउट सुधारका लागि आन्दोलनरत अधिकारीको स्वास्थ्यमा समस्या, अस्पताल लगियो

२०८१ चैत १५ गते

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
स्काउट सुधारका लागि आन्दोलनरत अधिकारीलाई छाती र पेटमा समस्या देखिएपछि शुक्रबार काठमाडौंको फ्रन्टलाइन अस्पताल लगिएको स्काउटर आशिक कार्कीले मकालुखबरलाई बताए ।
नेपाल स्काउटभित्र देखिएको अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधि विरुद्ध गठन भएको शुद्धीकरण अभियानको आमरण अनसनमा छ । बुधबारदेखि स्काउट प्राङ्गणमै शुद्धीकरण अभियानले आमरण अनसन थालेको हो ।
स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि गम्भीर आरोपहरु लाग्दा समेत छानविनसम्म नभएपछि गत चैत्र १ गेतेदेखि रिले अनसनमा बस्दै आएको शुद्धीकरण अभियान बुधबारदेखि आमरण अनसनमा बसिरहेको हो ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित