केएमसीले आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने

२०८१ चैत १५ गते

काठमाडौँ । राजधानीका विभिन्न स्थानहरूमा भएको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
मेडिकल कलेज प्रशासनका अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ । अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सम्बन्धित व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्न सक्ने अस्पताल प्रशासनले जनाएको छ।
सम्पर्क नम्बरहरू:
📞 9802335108
📞 9802335130

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित