राष्ट्रपति पौडेल र पूर्व प्रधानमन्त्री भट्टराईबीच भेटवार्ता, के भयो कुराकानी ?


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति पौडेललाई भेट्न उनी राष्ट्रपति भवन सितलनिवास पुगेका हुन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत यसबारेमा जानकारी गराएका हुन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आज सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति निवासमा भेटेर देशको समसामयिक परिस्थितिवारे सम्वाद गर्ने सुअवसर प्राप्त भयो। देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्यप्रणालीमा स्वाभाविक रूपमा वेलावखत देखापरिरहने राजनीतिक,आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी सम्वाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो।सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण होस्।’
