प्रदर्शनकारीहरूद्वारा नेकपा एसको कार्यालयमा तोडफोड, कागजपत्र र फर्निचर बाहिर ल्याएर जलाए


काठमाडौँ । काठमाडौँको तीनकुनेमा प्रदर्शनरत राजावादी समूहले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
आलोकनगरस्थिति एसको कार्यालय पुगेर राजावादीको एक समूहले ढुंगामुढा गरेका हुन् ।
उनीहरूले कार्यालय भित्र छिरेर फर्निचरका साथै कागजपत्रहरु पनि बाहिर ल्याएर जलाएका छन् ।
देशमा गणतन्त्रको स्थापना भइसकेपछि जनताको दैनिकी झनै कष्टकर बन्दै गएको भन्दै राजावादहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले राजसंस्थाको पुन स्थापना गर्नुपर्ने माग गरेका छन् ।
राजावादीहरू पुरानै राज्य फर्काउँछु र नेपालमा हिन्दु अधिराज्य सहितको राजतन्त्र पुन स्थापित गर्छौँ भनेर आन्दोलनमा उत्रिएका छन् ।
राजावादी पक्षको प्रदर्शन नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन् ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
