दुर्गा प्रसाईंको राजावादी समूह माओवादी पार्टी कार्यालय पेरिसडाँडातिर लाग्यो

२०८१ चैत १५ गते

काठमाडौं । काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेको दुर्गा प्रसाईं नेतृत्वको राजावगादी समूह नेकपा त्यहाँको कार्यक्रमपछि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयतर्फ गएको छ ।
शुक्रबार राजावादी समूहले काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेको थियो । त्यहाँ प्रदर्शनका क्रममा घरमा तोडफोडका साथै आगजनी समेत गरेका थिए ।
राजावादीहरुको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्याँस सहित हवाई फायर समेत गरेको थियो । त्यहाँको कार्यक्रम विथोलिएपछि राजावादी समूह अहिले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडातर्फ लागेको छ ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित