प्रदर्शनकारीहरूद्वारा कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड


काठमाडौँ । राजावादी प्रदर्शनहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका छन् ।
तीनकुनेमा तोडफोड गरे लगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका हुन् ।
काठमाडौँको तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले कर्फ्यु लगाउने भएको छ । प्रहरीले शुक्रवार यसबारेमा सूचना गराएको छ । प्रहरीका अनुसार केही समयपछि यहाँ कर्फ्यु लगाइने छ ।
देशमा गणतन्त्रको स्थापना भइसकेपछि जनताको दैनिकी झनै कष्टकर बन्दै गएको भन्दै राजावादहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले राजसंस्थाको पुन स्थापना गर्नुपर्ने माग गरेका छन् ।
राजावादीहरू पुरानै राज्य फर्काउँछु र नेपालमा हिन्दु अधिराज्य सहितको राजतन्त्र पुन स्थापित गर्छौँ भनेर आन्दोलनमा उत्रिएका छन् ।
राजावादी पक्षको प्रदर्शन नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन् ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
