राजावादी आन्दोलन: प्रदर्शनकारीलाई अराजक बनाएर तीनकुनेबाट बाहिरिए प्रसाईँ

२०८१ चैत १५ गते

काठमाडौँ । राजावादी आन्दोलनका घोषित कमाण्डर दुर्गा प्रसाईँ प्रदर्शनकारीलाई अराजक बनाएर तीनकुने क्षेत्रबाट बाहिरिएका छन् ।
प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी,तोडफोड र लुटपाट मच्चाउन थालेपछि र सो क्षेत्रमा तनाव बढेसंगै प्रशासनले कर्फ्यु लगाउने जानकारी गराए सँगै उनी त्याहाबाट बाहिरिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गर्न लाग्दा प्रसाईँ निजी गाडीमा बसेर बाहिरिएका हुन् ।
प्रसाईँ प्रदर्शनकारीलाई उक्साउँदै एक घरभित्र सटरमा बसेका थिए ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित