आन्दोलन रोकिएको छैन, हेरौँला कहिलेसम्म भ्रष्ट नेताले सुरक्षा पाउँछन् : रवीन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज आन्दोलनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन् ‘आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ ।’

मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् ।

‘हेरौँला कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउनेछन्’, मिश्रले लेखेका छन् ।

आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *