जडीबुटी कम्पनी आगजनी : समयमै नियन्त्रणमा नआए ठूलो क्षति हुने

काठमाडौँ । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा भएको आगजनी अझै नियन्त्रणमा आउन सकेको छैन ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा आन्दोलनमा होमिएकाहरूले त्यहाँ आगो लगाएका हुन् ।

कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवले कार्यालयको मुख्य भवनमा आगजनी भएको बताइन् । उनले त्यससँगै रहेको भवनमा ‘सन्चो’ उत्पादन हुने बताइन् ।

उनले स्टोरमा प्राय गरी प्रज्वलनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने जानकारी दिइन् ।

हाल कम्पनीमा आगो निभाउन दमकल पुगिसकेको छ । तर कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने कुरा अनिश्चित रहेको छ । यदि समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुने सक्ने उनले बताइन् ।

उनले भनिन् ‘उक्त भवनमा २५ टन तेल छ । आगो सल्किएमा जडीबुटी क्षेत्रको ध्वस्त हुनसक्छ’

आन्दोलनकारीले पार्किङमा रहेका आधा दर्जन गाडी जलाएका छन् ।

उनले आगलागी हुँदाको अवस्थाको वर्णन गर्दै भनिन् ‘हामी अफिसका कर्मचारीभित्र बसेर काम गरिरहेका थियौँ । अचानक बाहिरबाट ढुंगामुढा गर्न थाले’, यादवले भनिन्, ‘भवनको सिसा फुटाउन थालेपछि ज्यान जोगाउन पछाडिको बाटो भएर भाग्यौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *