शनिबार बिहानसम्मका लागि थपियो कर्फ्यु

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेकामा शनिबार विहानसम्म थप गरिएको हो ।

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *