पूर्वराजा समर्थकहरूले गरेको प्रदर्शन अराजक छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शन अराजक भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले एक विज्ञप्ति जारी गर्दै उनीहरूले तीनकुनेमा प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यलय, विभिन्न सञ्चारगृह, मार्बल हाउसमा तोडफोड तथा आगजनी गरेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

गणतन्त्र, संविधानी र व्यवस्था विरोधीहरूद्वारा गरिएको विध्वंसात्मक प्रदर्शनले निजी पसल, भाटभटेनी सुपरमार्केटमा भएको लुटपाट, जडीबुटी उत्पादन कारखानामा आगजनी भएकामा दुःख प्रकट गर्दै अराजक गतिविधि रोक्ने कार्यमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले उनीहरूले प्रहरीमाथि ढुङ्गामुढा, निजी घरहरूमा आक्रमण तथा कोटेश्वरमा पार्टी अध्यक्षको निवासमा समेत आक्रमणको प्रयास गरेको साथै पत्रकारको हत्या गरेको घटनालाई अराजनीतिक, अराजक र निन्दनीय रहेको बताए।

उनले आतङ्क मच्चाउनेहरूलाई तुरून्त पक्राउ गरी कडा कारबाही गर्न सरकार समक्ष माग गरे । मुलुकको परिस्थितिलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै नेता खनालले देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई सचेत रहन आह्वान गरे । उनले सरकारले प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिको छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *