राजावादी प्रदर्शन
अराजकता मच्चाएपछि राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर जबरा प्रहरी नियन्त्रणमा

२०८१ चैत १५ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ ।
राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
शुक्रबार राजावादी समूहले गरेको प्रदर्शनमा परेर एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
त्यस्तै, पक्राउ पर्नेमा मिश्र, राणा सहित स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना रहेको प्रहरीले जनाएको छ ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित