मन्त्रिपरिषद् बैठक निर्णय
राजावादीले गरेको प्रदर्शनबाट घाइतेको सरकारले उपचार गर्ने

२०८१ चैत १५ गते

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरले शुक्रबार काठमाडौको तिनकुनेमा गरेको प्रदर्शनबाट घाइते भएकाहरुको उपचार व्यवस्था सरकारले मिलाउने निर्णय गरेको छ ।
आजको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि शुक्रबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
प्रदर्शनबाट दुई जनाको मृत्यु तथा ३५ जना घाइते भएका थिए ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित