तोडफोड र आगजनीमा परेको नेकपा एसको कार्यालय पुगे मोर्चाका नेता (तस्बिरहरु)

२०८१ चैत १६ गते

काठमाडौं । समाजवादी मोर्चाका शीर्ष नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा पुगेका छन् । उनीहरूले कार्यालयमा भएको क्षति अवलोकन गर्दै घटनाको भर्त्सना गरे ।
शुक्रबार, राजावादी समूहले व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शन हिंसात्मक बन्दा उनीहरूले एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
अनुगमनका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (बहुमत) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादव, र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरू उपस्थित थिए । समाजवादी मोर्चाले कार्यालयमाथिको आक्रमणको निन्दा गर्दै यसलाई लोकतान्त्रिक मूल्यविपरीतको कार्य भनेको छ ।

२०८१ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित