रास्वपाले आकस्मिक रुपमा बोलायो सचिवालय बैठक

२०८१ चैत १६ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । आकस्मिक रूपमा तय गरिएको बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने सो पार्टीले जनाएको हो ।
रास्वपाले बैठकमा हालका राजनीतिक घटनाक्रमका साथै पार्टीको आवश्यक कार्यसूचीबारे विस्तृत छलफल हुनेछ । शुक्रबार राजावादी समूहको आन्दोलन हिंसात्मक बनेपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाइएको थियो । यस घटनासँग सम्बन्धित विषयवस्तु पनि बैठकमा उठ्ने अपेक्षा गरिएको छ ।

२०८१ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित