सरकारले तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी केन्द्र) को कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे आज बिहान निरीक्षण गरेपछि भएको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उनले दोषीलाई कारबाहीको माग गरेका हुन् ।

उनले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

बैठकपछि सञ्चारकर्मीहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्नेमा जोड दिए ।

साथै उनले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *