तीनकुने घटनामा दोषीहरूलाई कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्नुपर्छ : रास्वपा

२०८१ चैत १६ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनकुने घटनामा दोषीहरूलाई कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शनिवार बिहान ११ बजे बसेको रास्वपाको केन्द्रीय सचिवालय (भर्चुअल) बैठकले उक्त माग गर्ने निर्णय गरेको हो ।
हिजो शुक्रवार काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाले माग गरेको हो ।
साथै रास्वपाले केन्द्रीय समिति बैठक आगामी चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने समेत निर्णय गरेको छ ।

२०८१ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित